गाजलु ती ठुला ठुला आँखा
तीर बनी बसे यो दिलैम
कालो लामो परेली केश
छाल परे कलिलो मायामा
निधारको त्यो रातो टीका
छाप बनी बस्यो यो दिलैमा
झल्केको त्यो नाकको फुली
ज्योति बन्यो कलिलो मायामा
पातलो त्यो मधुर ओठ
स्वाद बनी बस्यो यो दिलैमा
मिलेका ती दाँतका पंक्ति
मोती बन्यो कलिलो मायामा
शब्द – म बी बी शाह
स्वर – गुलाम अली
संगीत – दीपक जंगम
