Skip to content

ढल्यो जवानी परदेशमा


कल्पना गर्दा गर्दै
भावनामा बहदा बहदै
लाऊँ खाँऊ भन्ने बेला
ढल्यो जवानी परदेशमा

आएका परिस्थिति अंगाल्दै
जवानीका छालहरू सम्हाल्दै
उसँग बिताएका क्षणहरू सम्झी
मुटुभरि माया सजाउदै
लाऊँ खाँऊ भन्ने बेला
ढल्यो जवानी परदेशमा

मेहनतले पसिना चुहाउदै
कहिलेकाहीँ आँशु बहाउदै
सु:खका दिन आउलान भनी
पिर ब्यथाहरू भुलाउदै
लाऊँ खाँऊ भन्ने बेला
ढल्यो जवानी परदेशमा

अरुको कुराहरू सुन्दासुन्दै
सपनाहरू बुन्दा बुन्दै
मायालु भेट्ने आशै आशामा
घर जाने दिन गन्दा गन्दै
लाऊँ खाँऊ भन्ने बेला
ढल्यो जवानी परदेशमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *