Skip to content

नेपोलियन बोनापार्टको पत्र जोसेफिनको नाममा


डियर डार्लिंग, जोसेफिन

मैले कुनै-दिन पनि तिमीलाई नसम्झीकन गुजारेको छैन । मैंले एक दिन पनि तिमीलाई अङ्गालोमा नबाँधिकन बिताईन । मैंले एक कप चिया समेत पनि त्यो गर्व र महत्वाकांक्षालाई गाली नगरी पिएको छैन । जसले मलाई मेरो जिन्दगीभन्दा टाढा राख्यो । आफ्नो कर्तव्य निर्वाहको दौरानमा होस् । चाहे म सेनाको नेतृत्वमा व्यस्त हुँ । अथवा शिविरको काममा हुँ।” म सधैं आफ्नी प्राण प्यारी हृदयको टुक्रा, मुटुको धड्कन जोसेफिनलाई यो दिलमा एक्लै ठिङ्ग उभिएकी पाउँछु । मेरो मस्तिष्क र विचारमा उसैको प्रतिबिम्ब हुन्छ ।

यदि म तूफानी गतिले तिमीभन्दा टाढा जाँदै छु भने यसको मत्लव यही हो कि म चाँडोभन्दा चाँडो तिम्रो नजिक आउन सकूँ । यदि म आधी रातमा पनि उठेर काममा जुटेको हुन्छ भने पनि सिर्फ यसकारण कि मेरो प्रेम जतिसक्दो चाँडो मेरो साथमा आउन सकोस् । र पनि तेइस र छब्बीस तारीखको तिमीले आफ्नो पत्रमा मलाई निष्ठुर भनेकी छौ । निष्ठुर त तिमी खुद हौ।”

ओहो ! यति धेरै मन चिसो बनाउने चिट्ठी तिमीले कसरी लेख्न सकेकी ?” र फेरि तेइस र छब्बीसको बीचमा चारदिन अरु पनि त थिए । तिमी त्यस्तो के गर्दै थियौ ? मभन्दा महत्वपूर्ण चिज अरु के थियो ? र तिमीले आफ्नो पतिलाई पत्र लेख्न समेत भुल्यौ ! ओहो ! मेरी प्राण प्यारी, मेरी माया, निष्ठुरी प्रेम, यी चारदिनभन्दा पहिलानै तिमीले मलाई बेफिक्रि बन्नको लागि उक्साएरहेकी छौ ।”

जब म आफैँमा मस्त थें । मेरो कुन चाँही शत्रु जिम्मेवार थियो यसको लागि ?” सजाय र तड्पाइको हदबन्दीमा रहेर समय व्यतित गर्नुपर्ने, यस्तै यस्तै भावनाको आधिनमा रहेर दिन गुजरनुपर्ने !” तर त्यसरी त म स्वयं पो गुज्रिरहेको छु । योभन्दा ज्यादा तिखो यातना अरु के हुनसक्छ ? योभन्दा पनि भयानक डरलाग्दो स्वप्ना अरु के हुनसक्छ ?

निष्ठुर ! निष्ठुर !अरु दुईहप्ता पछि हालत कस्तो होला ? मेरो आत्मा, बोझिल भएको छ । मेरो दिल उकुसमुकुस भएको छ । र म मेरै कल्पनासँग डराइरहेको छु । तिमी मलाई त्यति धेरै प्रेम गर्दिनौ, जसले मेरो कमीको महसुसको बर्षात गराओस् । फेरि एक-दिन तिम्रो मनमा मेरो नीम्ति रत्ती भर माया नरहोस् । कमसे कम मलाई बताइ त देऊ, म यस्तो दुर्भाग्यको कसरी योग्य बन्नसक्छु ?

विदा, मेरी जीवन संगिनी । मेरी यातना । मेरो आन्नद । मेरो आशा । मेरो भरोसा । मेरो विश्वाश । मेरो जिन्दगीको आत्मा । जसलाई म आफू भन्दापनि ज्यादा माया गर्दछु । र जोसँग म डराउँछु । जसले मेरो मनभित्र यति कोमल भावना भरिदिन्छ । किनकि म शान्त प्रकृतिको एक-टुक्राको जसरी पनि महसूस गर्दछु । र यस्तो हिंसक आवेगमा म कुनै तूफान जस्तै महसूस गर्दछु । न म तिमीसँग अर्थहिन प्रेमको चहाना राख्छु । न वफादारीको मत । मात्र सत्य र, ईमानदारीताको चाहना राख्छु ।

जुन दिन तिमीले मसित भन्ने छौ ‘म तिमीसँग कम प्रेम गर्छु, त्यो दिन मेरो प्रेम र जीवनको अन्तिम दिन हुनेछ । यदि मेरो दिल यस्तो होस् कि बिना तिम्रो प्रेम पनि तिमीलाईनै प्रेम गर्न सकोस् । म यसलाई साकार बनाइदिन्छु । जोसेफिन ! जोसेफिन ! याद राख मैंले कति पटक तिमीसित भनेका शब्दहरू ?’ प्रकृतिले मलाई एउटा पुरुषत्वपूर्ण र निर्णायक चरित्र दिएको छ । यही प्रकृतिले तिम्रो चरित्र रेशम र मखमलले बनाएको छ ।

के तिमीले मलाई प्रेम गर्न छोड्दिएकी हौ ? मलाई क्षमा गर, मेरी प्यारी । मेरी जिन्दगी । मेरो आत्मा तिम्रो यादमा पलपल युद्ध र संघर्ष गर्दैछ । मेरो दिल भने तिमीप्रति ईर्ष्यालु प्रेमले लत्पतिएको छ । कयौं दिन मलाई विचित्र भयले घेरिदिन्छ र म अत्यन्तै दुखी हुन्छु । म यति हताश भैदिन्छु कि म तिम्रो नाम पनि पुकार्न चाहँदिन । म तिम्रो हातले लेखेको पत्रको प्रतीक्षा गर्नेछु । विदा !

ओहो ! यदि तिमी मसँग कम प्रेम गर्छेऊ । यसको मतलव यो हो कि तिमीले मसँग कहिल्यै प्रेम गरेकै थिइनौ । फेरि त मेरो हालत साँच्चै अतिनै दयनीय हुनेछ ।

बोनापार्ट

अनुवाद : गीता थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *