Skip to content

हजार सपनाहरूको माया लागेर आउँछ

  • by


हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ

मैले बाँचेको परिवेश सानो त्यति थिएन
परदेशी जस्तो कोही एक्लो पनि थिइन
अल्झें कहीं त के भो बाटो भुलेको छैन
भाँचिसकेको विश्वास फेरि भएर आउँछ

मेरा ती स्वरहरूलाई थुन्नु त्यति भएन
सबले भुलेको जस्तो भुल्नु पनि भएन
खुसी नै हो क्या हो मनमा भएर आउँछ
छिनमा लहर अनेकौं मनमा उठेर आउँछ

शब्द – ईश्वरबल्लभ
स्वर, संगीत – भक्तराज आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *