Skip to content

अहँ ! मान्छेमा अचेल हृदय हुँदैन


अहँ ! मान्छेमा अचेल हृदय हुँदैन
पर्खिने कसैलाई यहाँ समय हुँदैन

मान्छेले मान्छेमा फरक देखेपछि
लाग्छ फेरि देशमा बुद्धको उदय हुँदैन

युधमा पराजय तिम्रो अवश्य हुन्छ
कलम बोकेर मैदानमा बिजय हुँदैन

सीमाना मिच्दा नि, हामी चुप बस्ने
भो मलाई यो कदापि स्वाकार्य हुँदैन

छुटिएला शिर यो शरीरबाट बरु
जीवनको भिख माग्दै शत्रुसँग बिनय हुँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *