Skip to content

कति आए कति गए नँया सालहरु


कति आए कति गए नँया सालहरु ।
सालै पिच्छे बढायौ लासका खालहरु ।

हत्या िहंसा सधैगरी घर आँगनमा
जमे यहु रगतका सधै तालहरु ।

अझै गर्छन् रुवाँवासी रोग भोक लागी
ज्यूँको तिहुँ राखिराख्यौ यी बेहालहरु ।

शिविरमै सिरेठोले ज्यान लिने भयो
बषौंसम्म फेरिएन मेरा पालहरु ।

मेरा लागि हैन रैछ युद्ध हत्याहरु
देखे मैले यहु चाल्ने सबै चालहरु ।

दया माया गर्ने मन कतै रैन रैछ
सबै हिड्छन् मान्छे मार्ने थाप्दै जालहरु ।

यी पापीका हातबाट यहाँ मर्नु भन्दा
चाडै आउँ मलाई लिन हे कालहरु ।

1 thought on “कति आए कति गए नँया सालहरु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *