उ नै मेरी हो उस्का बाउ ले के नाप्छ
क्यासिनोनै मेरो हो दाउ ले के नप्छ
————————-
हजार हजार चोट छन मुटु भरि
जबा साना तीना घाउले के नाप्छ
———————–
फ्याउरी लाएर भुत्लो हुन्न मुहारमा
अर्काका जुङाका ताउ ले के नाप्छ
————————
बाघको अगडी सयौको भिडै भए नि
भुस्याहा कुकुर को हाउ हाउ ले के नाप्छ
————————
नवै ग्रह झुक्छन सत्यता को सामु
‘तोया’ लाई केतु राहु ले के नाप्छ
**तोया नाथ पौडेल**
**मरुभुमी को छती बाट **
