Skip to content

लोलाएका ती ठूला

  • by


लोलाएका ती ठूला तिम्रा दुई नजरले
हेरिदिए मलाई चाहिन्न अर्को केही

सौभाग्यशाली औठी तिम्रो त्यो हातको भै
स्पर्शमात्र पाए चाहिन्न अर्को केही

सुन्दर मुहार तिम्रो चन्द्रमा सर्माउने
एकपल्ट देख्न पाए चाहिन्न अर्को केही

छिनेको त्यो कटीमा जलको घडासरि भै
टाँसिरहन पाए चाहिन्न अर्को केही

काला घटा भदौका जस्ता ती केशरामा
छाया भए मलाई चाहिन्न अर्को केही

Leave a Reply

Your email address will not be published. Required fields are marked *