केटी फकाउन मन हैन चुरी फुरी चाइदो र’छ था पाएं
मन छुने कुरा हैन हावा हुरि चाइदो र’छ था पाएं
=================================
झुकेर प्राथना गरी टाउको झुकाउनु ब्यर्थ छ्
धम्क्याउने डराउने चक्कु छुरी चाइदो र’छ था पाएं
=================================
अशल शंकार अचेलका लाई ‘ट्रेडिसनल्’ लग्छ
पैशा गहना माना मुरी चाइदो र’छ था पाएं
