ज्यान दिने बचा गर्दै घात गर्छन अरे
पैसा को लालचमा यता उता सर्छन अरे
————————–
जिन्दगीको जंघारमा हात समाइ जादा जादै
बिचमा पुगी हात छोडेर आफु मात्रै तर्छन अरे
—————————
प्रेम-बियोग,बितृष्णा,आत्मग्लानी बढ्दै जांदा
कलियुगका महामानब आफै आफ मर्छन अरे
—————————
‘तोया’को माया लाई नचिन्ने मुर्ख हरु
माया किन्न जता ततै पैसै पैसा छर्छन अरे
प्रतिकृयाको लागि आनुरोध सहित ….
**मरुभुमिको छाती बाट **
**तोया नाथ पौडेल **
