संस्कृति र परम्परा
जोगाई अघि बढ्नलाई
होली खेलौं साथीभाइ
मनमा उमङ्ग भर्नेलाई ।।१।।
बर्ष दिनको हाम्रो चाड
यस्को बदनाम् नगरौं,
विकृति ल्याई कसैलाई
हानी हुने काम नगरौं ।।२।।
असत्य माथि सत्यको
जित बनाई होलीलाई
होली खेलौं साथीभाइ
मनमा उमङ्ग भर्नेलाई ।।३।।
छरछिमेक बरिपरी
नाचँगान् उत्सव गरी
बैरभाव मन बाट
हटाएर रङ्ग छरी ।।४।।
आत्मीय त्यो नाता जोड्ने
पुल बनाउँ होलीलाई,
होली खेलौं साथीभाइ
मनमा उमङ्ग भर्नेलाई ।।५।।
जहितँही जता–ततै
अङ्ग भङ्ग नगरौं है,
जाँड रक्सी भाङ्ग खाई
आफै दङ्ग नपरौं है ।।६।।
फोहर पानी लोला हानी
नरुवाउँ है चेलीलाई,
होली खेलौं साथीभाइ
मनमा उमङ्ग भर्नेलाई ।।७।।
संस्कृति र परम्परा
जोगाई अघि बढ्नलाई
होली खेलौं साथीभाइ
मनमा उमङ्ग भर्नेलाई…………दर्पण
