उत्तिसका यैजेरु हावाका झोकाले
झरे झै बिश्वासका धरोहरहरू
एकपछि अर्को गर्दै झर्दैछन्
बाँच्ने आशहरू मर्दैछन्
श्रावणको कुहिरोभित्र
गाईको घन्टी पहिचान गर्दै
घुमभित्र अनगिन्ती महल बन्थे
र गाईको डाँ आवाजसँगै
भात्किन्थे पनि
न्याउलीको बेसुरा आवज
झ्याउकिरीको झ्याई-झ्याई
टाढा टाढा बासुरीका आर्तनादहरूले
बिर्स्याउथ्यो सबै होस हवासहरू
ठुलो थ्री-पिस काधमा हालेर
फर्किन्थ्यो सपनाको अरपे
घुट्टुक्क थुक निलेर क्षितिजसम्म
प—–र सम्म हेरिरहन्थें
त्यो पनि
कुहिरोसँगै बिलाई जान्थ्यो
केवल रहन्थ्यो सपना
जो बिदेश जानुअघि सबै
‘म’हरू यै सपना देख्छन्
बुढेस्कालका अन्तिम दिनहरू
लहुरे बा भनिनेहरू घरको पेटीमा बसेर
बिरताका गथा भन्दै ‘टाइम पास्’गर्थे
र आजका ‘म’हरू कथा सुन्दै लुटुक्क
निधाउथ्यौ र सपनामा लाहुरे भएको
र बिदेशका आलिसान अट्टालिकाहरू
मा रमाएको देख्तथियौ
त्यही सपना साकर पार्न
आज म बिदेशमा छु
सपना सबै तुहिसकेका छन्
बाँकी भावाना पनि ओइलाउने कोसिस गर्दै छन्
बाच्ने आसहरू मर्दैछन ।
‘मरुभूमिको छाती’बाट
तोयनाथ पौडेल
