Skip to content


म तिम्रो शहर छोडी टाढा टाढा जाँदै छु
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु

तिमीलाई दिल दिँदा सजाय यो पाएँ
मैले आफ्नै नजरमा कति धोका खाँए
त्यो हाम्रो प्रेम कहानी बिर्सेर जाँदैछु
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु

मेरो प्यार सम्झी तिमी छटपटिनु पर्ला
आफ्नो गल्ती सम्झी आफैं पछुताउनु पर्ला
यो सहर तिमीलाई दाइजो छोडेर जाँदैछु
तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु

शब्द – वी वी थापा
स्वर – प्रदीपराज पाण्डे
संगीत – नातिकाजी

तिम्रो शहर (गीति एल्बम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *