Skip to content


केटा
आँखा ओछ्याई हेरिरहन्छु धित मर्ने गरी
मरुभूमि माझ मिठो पृत छर्ने गरी
केटी
पाइला पछ्याई पर्खिरहन्छु छायाँ हाँस्ने गरी
चोखो एउटा मिलनको माया गाँस्ने गरी

केटा
वसन्तको मुनासरी अँझै अघि लम्क
पूर्णिमाको जुनसरी अँझै बढी चम्क
केटी
आशा बिछ्याई बसेकै छु आँसु झर्ने गरी
मिलनको सप्तकोशी साँघु तर्ने गरी

केटी
सागरभित्र मोती जस्तै तिमी छौ मभित्र
अँध्यारोमा ज्योति जस्तै तिम्रै हो त्यो चित्र
केटा
पाइला पछ्याई कुरेकै छु छक्क पर्ने गरी
प्रेमका सारा पुजारी नै मख्ख पर्ने गरी

शब्द ‍- एस्पी कोइराला
स्वर – सञ्जीवनी, दीपक लिम्बु
संगीत – आलोकश्री
एल्बम – उपमा (उपहार – २)

Leave a Reply

Your email address will not be published. Required fields are marked *