मरेपछि लाश रहेछ जीवन
बचेसम्म आस रहेछ जीवन
प्रकितिको नियमसँग चल्नु
मात्रसमयको दाश रहेछ जीवन
हुदा सर्वस्व नहुदा रित्तो एउटा
जितहारको तास रहेछ जीवन
हरेक कर्तव्यमा उतिर्ण हुनुपर्ने
एउटा फेल पास रहेछ जीवन
भौतिक शरीर त्यागी एकदिन
माटोमामिल्नु नाश रहेछ जीवन
सनम गोले
दामन, मकवानपुर
हाल मलेशिया

गजल राम्रो लाग्यो ।
सनम जी !
गजलको भाव मार्मिक छ ।
अझ यस हरफहरूमा त ” प्रकृतिको नियमसंग चल्नु
– मात्र समयको दास रहेछ जीवन ।
समय सापेक्ष बास्तबिक्ता झल्केको छ ।
धन्यवाद
धन्यवाद कवि ज्यु …
हजुरको अत्येन्तै मिठो प्रतिकृयाको निम्ति