Skip to content

छुट्टीका अनुभूतिहरू


मान्छे उही नाउ परिवर्तन भएछ
स्थान उही गाउ परिवर्तन भएछ

साग काउली मुली उस्तै बिहीबारे
मूल्य बढेर भाउ परिवर्तन भएछ

कटाइसके थ्यो पाच पहिले नै
भेन्टीको फेरि माउ परिवर्तन भएछ

खेद्नु पर्छ पाखा पढेर के काम
मेरो झै अरुको बाउ परिवर्तन भएछ

असामी अँझै नि जेथो तान्दो रैछ
हाम्रै सिन्दुरी ठाउ परिवर्तन भएछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *