Skip to content

चन्द्र सूर्य झण्डा हाम्रो


चन्द्र सूर्य झण्डा हाम्रो, विश्व सामु चम्कनु छ ।
चिनाउँदै राष्ट्र अब, गन्तव्यमा लम्कनु छ ।

अविच्छन्न पार्न नेपाल, आपसमा नै लड्नु किन,
बरु फुकी बुद्ध वाणी, अमृत् जल छम्कनु छ ।

दुःख जिलो गरी देशमा, उन्नतिको बाटो रोज्न
पटु बनी बहुल् विचार, बोकी अब जम्कनु छ ।

बाजासँगै दमार छोडी, नौरङ्गीको बहार बोकी
प्रभात्फेरी गरी पथमा, नेपाली भै गम्कनु छ ।

हामी गोर्खे आलो तातो, रगत नस नसमा
निर्धो सम्झी हेप्छौं बैरी, कैलेसम्म बम्कनु छ । ……दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *