Skip to content


आँखाहरुले रुन नखोजे
ओठहरुले हाँस्न नखोजे
जीवन
कति सुन्दर हुन्थ्यो होला मेरो जीवन

मानिसभित्र किन मन हुन्छ
मनभित्र किन चाहना हुन्छ
उदास चाहना पनि
किन इन्द्रेणी सपना हुन्छ
सपनाहरुले रहन नआए
खुसीहरुले चैन नआए
जीवन
कति सुन्दर हुन्थ्यो होला मेरो जीवन

संसार अट्ने मुटुमा किन
माया सिवाय केही अटेन
आफूलाई भुल्न सक्नेले अहिले
अरुलाई भुल्न किन सक्तिन
मायाहरुले चुम्न नआए
आशाहरुले छुन नआए
जीवन
कति सुन्दर हुन्थ्यो होला मेरो जीवन

शब्द – किरण खरेल
स्वर – तारादेवी
संगीत – शिवशंकर
चलचित्र – कुमारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *