Skip to content


अविश्वास लागेको छ, हार्ने मान्छे आफै हुँ कि
आफ्नै घाउ चिरी नुन, छर्ने मान्छे आफै हुँ कि

चित्त अर्कै दुख्ला भनि, अर्कै मन हँसाउन
रमाएरै आफ्नै खुशी, झार्ने मान्छे आफै हुँ कि

विवश र पीडा चोट, मुटु भित्रै कैद पारी
ठिकै छु म भनि स्वाङ, पार्ने मान्छे आफै हुँ कि

अरुलाई मन दिई, आत्मा शान्त पार्छु भनी
आत्मा अझ धेरै पर, सार्ने मान्छे आफै हुँ कि

हँसाउँछु अरुलाई, आफ्नै दुःख लुकाउन
हाँसी हाँसी आफ्नो आत्मा, मार्ने मान्छे आफै हुँ कि

Leave a Reply

Your email address will not be published. Required fields are marked *