Skip to content

मलाई छोडी पराईको, आँगनीमा सर्यौ


मलाई छोडी पराईको, आँगनीमा सर्यौ ।
विश्वासको सट्टा घात, दिई यो के गर्यौ ।

तिम्रो ओठ्मा हाँसो भर्न, सम्झौतामा चलेँ
आफ्नै आत्मा रुवाउँदै, तड्पिएर जलेँ
मरेको थिएँ फेरि जलाई, मनमा खुसी भर्यौ
विश्वासको सट्टा धात, दिई यो के गर्यौ ।

तिमी रुदाँसँग सँगै, म नि रुन्छु भन्थ्यौ ।
संसारका सारा खुसी, टिपी दिन्छु भन्थ्यौ ।
छोडी माया जघारमा, एक्लै खोला तर्यौ ।
विश्वासको सट्टा धात, दिई यो के गर्यौ ।

मलाई छोडी पराईको, आँगनीमा सर्यौ ।
विश्वासको सट्टा धात, दिई यो के गर्यौ ।।…………..दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *