एउटा गाउँमा धनी मानिस बस्दथे । उनका दुई छोरा थिए । । जेठोको नाम श्याम थियो र कान्छोको नाम रामु थियो । श्याम चाहिँ बाठो थियो । ऊ आफूभन्दा ठूलाले भनेको कुरालाई ध्यान दिएर सुन्ने र विचार गर्ने गथ्र्यो । भाइ रामु कुनै कुराको वास्ता गर्दैनथ्यो । सधैं खेलेर बिताउँथ्यो । समयअनुसार दुबै दाजुभाइ ठूला भए । यता उनीहरूका ती धनी बाबु बूढा भइसकेका थिए । लामो समयदेखि उनी बिरामी थिए । मर्नुभन्दा अगाडि उनले आˆना दुबै छोरालाई बोलाएर भने – हेर, हाम्रो यत्रो सम्पत्ति छ, यसलाई कसरी जतन र सुरक्षित गर्ने भन्ने कुरा म तिमीहरूलाई भन्छु । एक – खाना खाँदा आकाशको ठूलो बत्ती बलेकै होस् । दुई आफ्नो घरलाई चतुरो जनावरको दाँतहरूको बार लगाउनु । तेस्रो कहिल्यै नसकिने बियाँ दिन्छु । त्यसलाई खाएर पनि बचाइराख्न सकिन्छ र त्यसलाई केही मिहिनेत गर्नुपर्छ । अनि आˆनो सम्पत्ति कहिल्यै सकिँदैन, बरु बढेर जानेछ । यति भन्दै ती धनी मान्छे मरे ।
बाबुको सम्पत्ति दुबैजनाले बराबर लगाए । कान्छो छोरा राम, बाबुकै घरमा बस्यो । दाइ चाहिँ सहर गएर बस्यो । यता भाइ रामुले बाबुको कुरा -अर्ती) लाई ध्यान नदिँदा अथवा नबुझ्दा सोझो हिसाबले काम गर्न थाल्यो । खाना खाने बेलामा उस्ले ठूला-ठूला बत्ती बाल्यो । बाबुले दिएका बियाँ सधैं पोलेर खाने गथ्र्यो । एकदिन उसको घरमा बाल्ने सबै बत्तीको तेल सकियो । त्यसैबेला चोर आएर भएभरको सम्पत्ति लग्यो । अब उसँग केही भएन र ऊ अत्यन्तै गरिब भयो । उसले सोच्यो – बाबुले भनेको कुरा मैले सबै मानेकै थिएँ तर म कसरी गरिब भएँ ? बाबुको कुरा ठीक थिएन कि क्या हो भनेर दाजु श्यामकहाँ ऊ सोध्न गयो ।
रामु आएको देखेर दाइले सोध्यो – सञ्चै छ ? सञ्चै छु तर म त साह्रै गरिब भएँ । तपाईं
त यति धनी हुनुभएछ । यतिका नोकर चाकर, ठूलो घर । बाबुजस्तै धनी हुनुभएछ “उसले भन्यो” हो तिमीले र मैले बाबुको कुरा अर्तीलाई फरक फरकले बुझ्यौँँ । तिमीले आफूभन्दा ठूलाको कुरा अर्तीलाई केही नसोची हावामा उडायौ र बुझ्न अल्छी मान्यौ । हेर, बाबुले भनेको कुरा अर्ती यस्तो थियो, एक खाना खाँदा आकाशको ठूलो बत्ती बलेकै होस् । यसको मतलब सूर्य अस्ताउनु अगाडि नै खाना खानुपर्छ । जसले गर्दा आˆनो घरको तेल घीऊ बचत हुन्छ । दुई आˆनो घरको वरिपरि चतुरो जनावरको दाँतले बार लगाउनुपर्छ भनेको घरको सम्पत्तिलाई चोरबाट बचाउन चतुरो कुकुर पाल्नुपर्छ । अनि तीन कहिले पनि नसकिने बियाँ, त्यसलाई खाए पनि बचाइ राख्न सकिन्छ र आˆनो सम्पत्ति कहिल्यै सकिँदैन अझ बढाउन सकिन्छ । यसको मतलब – थोरै खाएर धेरै बियाँ रोप्नुपर्छ भन्ने हो । यसरी रोप्दा -अन्न बियाँ कहिल्यै सकिँदैन, अझ दोब्बर हुँदै जान्छ तर तिमीले सबै बियाँ -अन्न खायौ । त्यसलाई रोपेनौँ र यस्तो सङ्कट आयो ।”
“यी कुरा मैले सहर आउँदा बुझेँ । बाबुको कुरा -अर्ती लाई पालना गरेँ । अनि म धनी भएँ र सधैं धनी नै भइरहने छु । तिमी अब सधैं अरूको कुरालाई सोच विचार गरेर काम गर । पक्कै पनि तिमी पनि मजस्तै धनी र सुखी हुन्छौ ।
दाइको कुरालाई मानेर दाइसँग केही पैसा लिएर रामु गाउँ फर्के र पछि उनी दाइजस्तै धनी मानिस बने । त्यसैले हामी जे गर्दा पनि सबै कुरा बुझेर मात्र गर्नुपर्छ । त्यसमा हामी सफल हुने छौँ र आफूभन्दा ठूलाको कुरा -अर्ती लाई बुझ्नुपर्छ र पालना पनि गर्नुपर्छ ।
मुना मासिक
पुस, २०६५
