रासन पानी महँगो भो, घटाउने कहिले हो ?
दरिन्द्र प्यास गरिबको, हटाउने कहिले हो ?
शान्ति सुन्दर देश हाम्रो, रोजगारको खानी
गाउ र शहरयो विकाश, बनाउने कहिले हो ?
देशको सङ्कटदेखि त, बुद्धनी रुँदै होलिन
थाहाछैन आब बुद्धफेरी, रमाउने कहिले हो ?
सँधैसँधै नेपाल बन्द रे, यही देशको धन्ध भो
यस्तो चालाले देश उँभो, लगाउने कहिले हो?
हित्ता चित्त दुख्यो अरे, नेता देखि जनताको
भन्छन सब्ले योसरकार, ढलाउने कहिले हो ?
बिरही लामा
सिम्पानी-९
बगैचा लम्जुङ्ग
हाल-साउदी
हाईल
First published : 2013-04-25 06:08:56 +0900
