Skip to content

मरेर कसले के लान सक्छ केही त गर न


उँधौली मानौ उँभौली मानौ
नाचौं न देउडा
माईमा नाचौ बैतडीमा नाचौ
नाचौ त्यो मेलामा
मैथिली गीतमा झम झम नाचौ
नाचौन बख्खुमा
साकेला नाचौ त्यो धान नाच
नाचौन मिलेर
भोजपुरी गीतमा नाचौन अब
सबै नै मिलेर
गाइने दाइ गाउ है अब
त्यो भाका खोलेर
सारंगी को त्यो धूनलाई
बजाउन रेटे र
त्यो मयुर पंखी ढोलक बजाऊ
बिरगंज बसेर
सोरठी गाउ बजाऊ मादल
बजाऊ ढोलक
मुर्चुङ्गा बजाऊ झ्याली त्यो बजाऊ
बजाऊ सितार
अलाप्न छोड नाक र चाक
जात र पातको
दलितलाई दलितले नै दलित बनाए
फ्याक त्यो पर्दा दलित भन्ने
त्यसैले होच्याए
मान्छे को जातलाई अनेक जात दिए
अतिनै उराले
ब्यापार भो अब यो सबै खेल
सबैले बुझे भो
जात त एउटा मान्छे पो हुन्छ
कुजात नबनाउ
देशले तिम्लाई सबथोक दियो
तिमीले के दियौ
गाँस र बास शिक्षा र स्वास्थ्य
उन्नती गरन
रिस र डाहा जाल र झेल
अब त्यो त्याग न
मरेर कसले के लान सक्छ
केही त गर न
=============

Leave a Reply

Your email address will not be published. Required fields are marked *