Skip to content

कति सुन्दर हुन्थ्यो दुनिया माझ

बोली जस्तो व्यवहार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ
पोख्या कुराको सार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ

घाँटीमा अड्केको हाड निल्नुन न ओकल्नु हुनु भन्दा सदा
बरु कि आर कि पार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ

लगाम बिनाको घोडा जस्तो भाछन हाम्रो देशका नेताहरु
एउटा दह्रो बन्धन बार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ

बहुल जाती बहुल भाषी भए पनि भेदभावको पर्खाल छ अझै
सबैको समान अधिकार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ

मुख छ भन्दैमा आए जति नसोची बोल्न भ्याएको हुन्छ
बोली बोलीमा दार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ

छ भनेर पानी जस्तो बगाउनु थाल्यो भने के हुनेछौ सोचौ
लेनदेनका लागी आधार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ

छेपाराले झै रंग बदल्नु छाडी सबैको हक हितका लागी अब
आयाम थप्न केहि सुधार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ

बोलेको कुरा मात्र कुरामा सिमीत नराखेर जति सक्दो चाडो
कार्यन्वयन गर्न सुरसार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ

2070-1-7

Leave a Reply

Your email address will not be published. Required fields are marked *