मुटु भित्रै आगो बलेपछि
चोखो माया प्रीत जलेपछि
जिन्दगीले ठग्यो भन्ने बुजेँ
आँशुसँगै खुशी बगेपछि
भयो संसारै मेरो अँध्यारो
बादल्ले मेरोजून लगेपछि
जिए र पनि, मरे जस्तो भो
तिमीबिना एक्लो रहेपछि
रुठ्यो बरै मन मुटु नि यो
प्रेमको मन्दिर ढलेपछि
बिरही लामा
लम्जुङ्ग=सिम्पानी-९
बगैचा
हाल=साउदी हाईल
