Skip to content


हाइकुमा मेरो पहिलो प्रयास

१. अन्तिम सास
कस्तो मृगतृष्णा
तिम्रो प्रेमको

२. अपुरो माया,
निस्सासिएको प्रेम
तड्पेको मन

३. कुण्ठित मन
संकुचित भावना
अदृश्य सोच

४. अनौठो यात्रा
अफ्ठयारो बाटो
प्रेमीको साथ

५. अन्धकार छ
अँध्यारोमा आकाश
सुन्य जगत

६. निष्पष्ट रात
अनेकौ सपना छ
सिरानी साथ

७. स्थिर तलाउ
जलिरहेको मन
बर्षौको प्यास

८. मौन आकाश
छेक्दैछु जुन तारा
रित्याई मन

९. सौन्दर्यतामा
रुमल्लिदा मिलेको
रित्तो जीवन

१० . भूगोल हेर्दै
इतिहास बताउछु
भविष्य प्रष्ट

११ जीवन भर
बिताएका पलमा
खुशी गायब

१२ .रक्सीको मात
खेर गएको रात
लामो कुराइ

१३.ओठमा लाली
भोकाएको पेटमा
बिक्छिन चेली

१४ पैसाको कमि
अस्पताल दौडमा
रित्तियो धन

१५ पर्दा पछाडि
कुरा काट्दैछन् रे
अगाडि चुप

१६ नकक्ल गर्ने
न ढंग न रबाफ
फुर्ति उसैको

१७ मुखमा राम
फोस्रो आडम्बर छ
चोरेको दाम

१८ रुमलिएको
अस्तब्यस्त सहर
त्रास मनको

१९ दिन बित्दैछ
छैन कुराको निकास
मन्द विकास

२० राजनीतिको
खबर शुक्ष्म गति
सुस्त विचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *