Skip to content

गजल (सुत्ने थिइन फलैचामा )


अँझै मरी मेट्थे होला आश भा’को भए
स्वर्गका ती अप्सरा झै खास भा’को भए ।।१।।

किन हेला गर्छौ तिमी खाते संज्ञा दिदै
सुत्ने थिइन फलैचामा बास भा’को भए ।।२।।

सिलो साङ्लो गर्दै छु म आँशु भित्र हाँसो
समेट्नु नै किन पर्थ्यो रास भा’को भए ।।३।।

यो मुटुमा घाऊ लागे कति पीडा हुन्छ
रेट्ने थेनौ चुलेसीमा आभास भा’को भए ।।४।।

चाहे मान या नमान मरिसकें म त
चल्थ्यो होला ढुकढुकी यो सास भा’को भए ।।५।।

गाली गर्दै ढुङ्गा हान्छौ बाँचुन्जेलसम्म
श्रदाञ्जली दिन्थ्यौ होला लास भा’को भए ।।६।।

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
हाल साउदी अरब

1 thought on “गजल (सुत्ने थिइन फलैचामा )”

  1. इको नेपाल मा पव्लिस गर्नुहोस
    तपाँइको लेख राम्रो लाग्यो । तपाइको लेख राम्रो छ । यदि तपाइको लेख http://www.echonepal.com पनि राख्न चाहनुहुन्छ भने riwaj4062@gmail.com . अरु इच्छ्या हुने महानुभवहरुले पनि गर्नुहुदा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *