मेरो जीवनको त्यो कालो दिन
फेरी मेरो मानसपटको स्मरणमा सताउन आएको छ
एउटा चित्तकार वेदनाको अंश वनेर
मेरो ह्दयको ढुकढुकी बढाउन आएको छ
तिनले हात छोडेको दिन
मेरो जीवनवाट टाढा गएको त्यो दिन फेरी आएको छ
मेरो ह्दयमा वज्रपात खसेको त्यो दिन
फेरी मैरै वरपर घुम्न र जिसकाउन आएको छ
आफनै आखाँ अघिवाट सदैवलाई विर्सेको दिन
फेरी मलाई ह्दय जलाउन आएको छ
तिनी अरुको अंगालोमा बाधिएर गएको दिन
फेरी मेरो लागी पिडाको भार बोकर आएको छ
हे त्यो कालो दिन मेरोलागि फर्केर नआउ
विछोडको पल समझाएर अव मलाई नरुवाउ
धेरै तिनको यादमा मैले समय गुमाई सके
अव उनलाई विर्सने वाटो मलाई सिकाउ
हो त्यो दिन तिमीले मलाई जिउन सिकाउ
उनको विना मलाई बाच्ने आत्म विस्वास जगाउ
म रोएर वस्ने पलहरुलाई विर्सन लगाउ
तिनको माया झुठा रैछ भनि यो मनलाई बुझाउ
कति अझै मेरो मनले बाटो हेर्न खोज्छ
अव त्यो होईन भनि सम्झाई देउ
उनी कहिले नआउने भनि गए
यो ह्यदयलाई अव वुझाईदेउ
