Skip to content

रिस उठेको घरको पानी बारेकी छु मैले पनि


रिस उठेको घरको पानी बारेकी छु मैले पनि
ज्याला मजदुर गरेर छाक टारेकी छु मैले पनि

अन्याय र अत्याचार विरुद्ध आवाज उठाउदा
ज्यान जाने डरले बसाइँ सारेकी छु मैले पनि

बिहानदेखि साँझसम्म पसिनाका धारा बगाई
खाने, खेल्ने, घुम्ने, सारा इच्छा मारेकी छु मैले पनि

रातोदिन खट्दा पनि घरको व्यवहार नचल्दा
कुना पसेर बरर आँसु झारेकी छु मैले पनि

दुनियालाई जित्छु भन्ने साहसले अगाडि सर्दा
समयको त्यो पावन्दीसँग हारेकी छु मैले पनि

हेपासी नगरभन्दा पोथी धेरै बास्नु हुन्न भने
उदेश्य बोकी जोर पाखुरी नारेकी छु मैले पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *