सुःख दुःख जिन्दगीमा
बराबरी कै रित भए
कस्तो हुन्थ्यो होला हकी
कहिले काहीँ जित भए ।।१।।
सुःख चाहिँ झुल्कन्लाई
आउँदो रैछ निकै थोरै
दुःखसँग लुकामारी
खेल्नु पर्ने रैछ धेरै ।।२।।
कर्कलोमा टल्की बस्ने
जीवन् पनिसित भए
कस्तो हुन्थ्यो होला हकी
कहिले काहीँ जित भए ।३।।
भेडा बाख्रा सरी सोची
चराउने आउँछन् धेरै
बाध्यतामा पारी यहाँ
हराउने आउँछन् धेरै ।।४।।
सोच्ने गर्छु जीवन् पनि
गुन्गुनाउने गीत भए
कस्तो हुन्थ्यो होला हकी
कहिले काहीँ जित भए ।।५।।
अजम्बरी छु, मैं भनी
बलबान बन्छ मान्छे
हर्ताकर्ता आफैं बन्दा
विधाता कहाँ गन्छ मान्छे ।।६।।
विधाता झैं मान्छे विच
स्नेह अनि प्रीत भए
कस्तो हुन्थ्यो होला हकी
कहिले काहीँ जित भए ।।७।।
सुःख दुःख जिन्दगीमा
बराबरी कै रित भए
कस्तो हुन्थ्यो होला हकी
कहिले काहीँ जित भए……….दर्पण
