एकोहोरो शंख बज्दै थियो ,
मृत रहरहरु बोकेर
‘ बाध्यता ‘
दोभान तिर दौडिदै थियो ,
सुकी सकेका अतितहरु बटुलेर ,
शंकाले झोसेको आगो
ह्वारह्वार्ती बल्यो !
जब रहरहरु धुवाँ भएर आकाशमा उडे ,
अतित डढे पछिको
कोइला भन्नु नै जीवन ………………
जहाँ कसैलाई जिउनुको एउटा गीत गुनगुनाउनु छ !
