जाग लम्क चम्क ए नौजवान हो
आफ्नै ढंगले नयाँ रंगले देश सिंगार्न यो
काँधमा काँध जोडी बिघ्नको पहाड फोडी
रक्त पसिना बगाई तन मन धन लगाई
निर्माणको बेला छ है यो
आफ्नै ढंगले नयाँ रंगले देश सिंगार्न यो
घाम पानी नभनी आँधी बाढी नगनी
दिलैदेखि जमजमाई स्नेहको धार बगाई
कर्मलाई धर्म मानी हो
आफ्नै ढंगले नयाँ रंगले देश सिंगार्न यो
शब्द – रत्नशमसेर थापा
‘ओभानो सिउँदो’ पृ ५८
