स्वर्गकी रानी मायाकी खानी नजाऊ तर्केर
लाजै नमानी रिसाउने बानी छोडिआऊ फर्केर
रेशमी घुम्टो हाली ओठमा हल्का लाली
प्रीतिको दीप बाली बदामी आँखा काली
रात जुनेली बेली चमेली बसेका पर्खेर
लाजै नमानी रिसाउने बानी छोडिआऊ फर्केर
गोरा गुलाबी गाला इन्द्रेणीको माला
नागबेली चाला जवानी ओइली जाला
पूर्णेको इन्दु शीतका बिन्दु दिलले सम्झेर
शब्द – रत्नशमसेर थापा
स्वर – नारायण गोपाल
