Skip to content

आँखाको भाका आँखैले

  • by


आँखाको भाका आँखैले राम्ररी बुझी सम्झनू
सुटुक्क दिउँला म मन कसैलाई तिमी नभन्नू

रिमरिम हल्का शीतले गीत मधुरो गाउला
सुनौलो घामको झुल्काले काउकुती मिठो लाउला
प्रेमका कुरा प्रेमले मनमा गुनिराख्नू
सुटुक्क दिउँला म मन कसैलाई तिमी नभन्नू

जिस्की मस्किने चन्द्रलाई धरतीमा हामी डाकौंला
आफ्नै पनको संसारमा सुखको सास फेरौंला
मुटुको बोली मुटुले सुनेर हाँसिरहनू
सुटुक्क दिउँला म मन कसैलाई तिमी नभन्नू

शब्द – रत्नशमसेर थापा
स्वर/संगीत – नारायण गोपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *