साहित्यमा निक्कै ठुलो धनरासी हुदो रैछ
नातावाद कृपावादको बदमासी हुदो रैछ ।।१।।
अरु मर्दा जाहै!सम्म नभन्ने ती मान्छेहरू
आफूलाई ठेस लाग्दा रुवाबासी हुदो रैछ ।।२।।
मधुसला अघि कुटी थाप्ने जोगीलाई हेर्छु
भोगी पनि योगी जस्तै पो सन्यासी हुदो रैछ ।।३।।
मेहनतले महल हैन पेट भर्नै धौधौ हुँदा
जो छ यहाँ सिधा साधा ऊ खलासी हुदो रैछ ।।४।।
हिजो आज किन किन “नबिनाको’ मुटु पनि
अनयासै हलचल पो एक्कासी हुदो रैछ ।।५।।
नबिना कार्की

स्वाभिमानी को माला जपि
स्वाभिमानी को माला जपि हिन्दा,
घरवार नै पो उठिवास हुदो रैछ।
ha ha
ha ha
मिठो गजल
यस्तै मिठो गजलहरु पढ्न मिठो हुन्छन
राम्रै लेखे सबै जनको स्याबासी हुँदो रैछ