Skip to content

अँश्रुधारा बगिसक्यो

  • by


अँश्रुधारा बगिसक्यो हर्षको आँसु, झार बरु
जिम्मेबारी थेग्न नसक्नेले खुसी, मार बरु

कि त वारी, कि त पारी चिच्याई चिच्याई
दोषको भारी नथुप्रयाऊ दुबैलाई, पार बरु

भमराको बिजोक छ, सुवास चुम्न नपाएर
फूलको बाली हुदै मनको डालीमा, सार बरु

यौवनले मात्तिएर, आत्मियताका धुनसँगै
खुसी उमंगमा जुवातास सम्झी, हार बरु

जिन्दगीनै पीडा हो, चलिरहन्छ निरन्तर
वारिपारि दुई किनारा भए भने, तार बरु

दिवाकर भट्टराई
दमौली तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *