तिम्रो जीवन परिर्वतन भो, म त त्यही मोडमा छु ।
तिम्ले छोड्दा मुटु दुखेथ्यो, अँझै त्यही तोडमा छु ।
मायाको खेलमा हारेँ होला, नजानेर खेल्दा खेल्दै
गुणन भाग सिक्नुपर्थ्यो, अँझै औंले जोडमा छु ।
दिव्याङ्गना मोहनी लायौ, दिपज्योति जस्तै बली
दीर्घनिद्राबाटै बिउँझी, प्रतिस्पर्धी होडमा छु ।
गुडिया सम्झी खेल्न सक्छौ, मनोमानी गरी मलाई
भरुवा बन्दुक झैं आज, तिम्रै मनको लोडमा छु । …..दर्पण
