त्यसरी न झर्क, गरौँला नि बिहे
केहि बर्ष पर्ख, गरौँला नि बिहे
पढ्दैछु अहिले, पढाई नि सकौं
भए पछि अर्थ, गरौँला नि बिहे
प्रगतिको नाउँमा, जिरो छु आज
जुटेपछि खर्च, गरौँला नि बिहे
नरिसाऊ प्रिये, धोका म दिन्न
नराखी सर्त, गरौँला नि बिहे
पहिला सम्झाऊँ आ-आफ्नो परिवार
मानेकै वर्ष, गरौँला नि बिहे
चोखो छ मायाँ, नडराऊ तिमी
ईश्वरको भर्छ, गरौँला नि बिहे
14-01-2011
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
http://chisapaninepal.blogspot.com
Posted: http://nepaligazal.com/gazal/nepali/974142011114.html
