आकाश केही बदलिए बदलिए जस्तो छ
कालो बादल मडारिदै मडारिंदै उड्दै छ
पूर्वको छठा उदयमा पनि अँध्यारो अँध्यारो जस्तो छ
आकाश केही बदलिए बदलिए जस्तो छ
चर्को घाममा पनि कता कता तुवाँलो पसे जस्तो छ
उष्णताको प्रकोप बढ्ला बढ्ला जस्तो भएको छ
आकाश केही बदलिए बदलिए जस्तो छ
घामको ओरालो बिरसिलो भए भए जस्तो छ
गोधुलिनै न आइ साँझ परे जस्तो छ
आकाश केही बदलिए बदलिए जस्तो छ
पूर्ण चन्द्रको रात पनि कता कता कालो छ
मध्य पुर्णिमाको रात पनि औंशी को चालमा छ
आकाश केही बदलिए बदलिए जस्तो छ
हो यसै भन्छन सबै जना आकाश बदलिए बदलिए जस्तो छ
कतै कतै त्यो क्षितिज साङ्गुरिए जस्तो छ
धेरै माथिसम्म समुद्रको छाल उठे जस्तो छ
आकाश केही बदलिए बदलिए जस्तो छ
बिरसिलो अनि केही निरस भए जस्तो छ
हो आकाश केही बदलिए बदलिए जस्तो छ !
