दिन कुरेर बसेको छू तिम्रो डोली उठेर जाने
यो सासभित्र रहेका तिम्रा धड़कनका
आभाश उडेर जाने
तिमी बिना जिउन सकिने हो कि हैन
तिमी बिना हासन सकिने हो कि हैन
कहीँ पत्तो छैन अब, पिउन सकिने हो कि हैन
तिम्रो हाँसोले दुखने होला मुटु
तिम्रो आँशुले चिरने होला छाती
थाहा छैन त्यसपछि, रात काटन सकिने हो कि हैन
उपहार लानु सपनाहरू, सम्झी आँखा भर्दै जानू
बातै भरी सपनाका ती, मोती तिमी छर्दै जानू
साथ हाम्रो यहीसम्म, यहीसम्म डोर्याए
उनकै हात समाउनु अब, उनकै भर पर्दै जानू
निभाउन सकिन साथ मैले, गाली तिमी गर्दै जानू
जे जे भन्छौ अब, म डुबे यही सपना को संसार मै
तिमी पारी तर्दै जानु
काबिल रहिन सानू तीम्रो
टाढा तिमी सर्दै जानू
