Skip to content

ऊन्ले बसाई सरेपछि सम्झिएछु


आँखाबाट तप्प आँशु झरेपछि सम्झिएछु
ऊन्ले तल इन्द्रावती तरेपछि सम्झिएछु

के हो चोखो माया भन्ने थाहा नभएरै होला
ऊन्ले देको भाका आज टरे पछि सम्झिएछु

आज बाच्नै गार्हो भाछ नस्वीकार्दा ऊन्को माया
मै भित्रको अहंकार मरेपछि सम्झिएछु

माफी माग्छु कसम् खान्छु अब उन्कै हुने रहर्
धिक्कार् छ ! ऊन्ले बसाई सरेपछि सम्झिएछु

1 thought on “ऊन्ले बसाई सरेपछि सम्झिएछु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *