माता सरस्वती तिम्रो, भक्ति गछौँ सधैँ भरी
विद्या बुद्धि दुबै देऊ, संझि राख्छौँ यसै गरी
ज्ञान शीप सबै देऊ, बनौ हामी परिश्रमी
ध्यान गछौँ सधैँ हामी,ज् ञान देऊ अझै तिमी
बालकै छौँ अझै हामी, ज्ञान माग्छौँ सधैँ भरी
भक्ति पूजा सधैँ गछौँ, संझि राख्छौँ यसै गरी
ज्ञान विद्या विवेकैले, भरिएकी सरस्वती
विद्या दाता तिमी माता, पढ्न सकौं यथामती
मेहनत परिश्रम्को, लेखा जोखा सधैँ गरी
विद्वान् बन्ने तयारीमा, पढ्ने लेख्ने यसैगरी
कर्तब्य हो सबै हाम्रो, पढ्नु पर्ने यसैगरी
अन्धकार हटाएर, देऊ ज्योती कसैगरी
मेहनती बनी हामी, पढ्न सक्छौँ सधैँ भरी
आशीर्बाद तिमी देऊ, संझि राख्छौँ यसैगरी
शीरोधार्य गरी तिम्रो, भक्ति गर्ने सधैँ भरी
विद्या बुद्धि दुबै देऊ, संझि राख्छौँ यसैगरी
अनुस्टुप – छन्द
