Skip to content


पाखा हाँसो भित्र पीडा, लुकाएर कहाँ हुन्छ ?
प्रतिष्ठाको हाम्रो सान, झुकाएर कहाँ हुन्छ ?

आँफै पुगौँ सीमानामा सीमा कोर्न रगतले
भाषणमा नेता मात्रै, भुकाएर कहाँ हुन्छ ?

पौरख गर्ने हत्केलाले मोती भेट्छ बगरमा
बिना कर्म भित्री चित्त, दुखाएर कहाँ हुन्छ ?

बत्ती छैन पानी छैन, किन छैन? खोज्यो भने
समस्याको बिस्कुन मात्रै, सुकाएर कहाँ हुन्छ?

‘बुद्धि’ माथि बिर्को लागे स्यावास ठोक्ला पराइले
तिनकै सामु मनको बह, फुकाएर कहाँ हुन्छ ?

बुद्धि मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *