Skip to content


राधेश्यामलाई कार्यालयभरिका सानो–ठूलो सबै दर्जाका कर्मचारीहरूले माया गर्ने गर्दछन् । हुन पनि हो, ऊ सबैका प्रियपात्र भएको छ । किनभने ऊ आफ्नो काम–कर्तव्य–जिम्मेवारीप्रति सधैं सजग रहन्छ, क्षमतावान् छ, सहयोगी छ, इमान्दार र स्पष्टवक्ता छ, सबैसँग खुलस्त व्यवहार गर्दछ, सदाचारी छ ।

राधेश्यामसँगै समान दर्जामा जागिरमा प्रवेश गर्ने अरुले सम्पत्ति, शक्ति, अख्तियारीको फूर्ति लगाउने गरेको देख्दा उसलाई भने अचम्म लाग्ने गर्दछ । उसले त आफू जनताको सेवक भएकोले आफ्नो काम र कर्तव्य भनेको आफ्नो पदीय जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्नु हो भन्ने ठानेको छ । यस्तो जिम्मेवारीलाई जनताको सेवा गर्ने अवसर मान्ने गरेको छ उसले ।

कहिल्यै फूर्ति नहाक्ने र रवाफ नदेखाउने तथा सेवाग्राहीलाई ईश्वर सम्झने, आफू मातहतका कर्मचारीप्रति स्नेहपूर्ण व्यवहार गर्ने, सदाचारयुक्त जीवन निर्वाह गर्ने राधेश्यामलाई उसको छिमेकी तथा परिचितहरूले हुतिहारा भन्ने गरेका रहेछन् भन्ने कुरा पहिलो पटक थाहा पाउँदा ऊ पेट मिचीमिची हाँस्यो ।

हरिदत्त पाण्डेय

1 thought on “असल हुतिहारा”

  1. प्रेरणाप्रद
    सरको पात्र पनि म जस्तै हुतिहारा रहेछ। तर चैाडा छाती बनाएर अरूको आँखामा आँखा जुधाएर बोल्ने बल त सिन्की र मोटा चामलको भातले नै दिंदो रहेछ, भ्रष्ट, बेइमानहरूले पाँच तारे होटलमा खाएको महंगो रक्सी सँगको डिनरले भन्दा त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *