प्राणीहरू जिउनको लागि हर प्रयत्न गर्छन्
मानव,
यहाँ ढुंगा र माटोसँग फौज्दारी गर्छ
पशु,
वन–जंगल र पातलको यात्रा गर्छ
जाडाले कठ्यांग्रिएका यी बृक्षहरू
हिमाली हावासँगै उल्लासमय गीत रच्छन्
हिमाली बुट्यान र पहरे चट्टानसँगै
यहाँका लालाबाला दोहोरी गाउन थाल्छन्
नियालेर हेर्न सकिन्दैन
यो पहराको चट्टान्
मानु ; यो युधिष्ठिरकये स्वर्गजाने भर्याङ
पहाड चढेर उनी स्वर्ग गए
यस्तै चट्टान उक्लेथे होला
पुराण यसै भन्छ;
मानु, उनी हिमाल चढे
भन्छ पुराण;
उनको साथमा एउटा कुकुर पनिस्वर्ग गयो
कुकुर पहाड चढेर स्वर्ग गयो ?
कस्लाई थाहा छ र ?
पुराण यसै भन्छ।
कतै चौँरी गोठमा अल्मलियो होला त्यो
भोटे कुकुर बनेर ।
उसबेलाको कथा हो यो
यसबेलाको यथार्थ होइन
त्यो देवताको युग थियो
मान्छेकये युग हाइन
न त आज कुनै देवता छ
न त कोही हिमाल चढेर स्वर्ग पुग्छ
यो पर्यटकलेमन पराएको भूमि
लाखौँ बिदेशीको घुइचो लाग्छ
यो सास्वत हो; पर्वतीको माइती गाउँ
कति पबित्र नदी र झरनाहरू छन्
हर बखत हरहराइरहने हिमाली हावासँगै
हाम्रा पर्वतारोहीहरू,
आपसमा मितेरी लाएर रमाउँछन्
पुस्तौँ देखि यहाँका बसिन्दाहरू
पहुनाको सेवा गर्छन्
गर्छन् अनि परिश्रम ढुंगा र माटोसँगै
ढुंगैमा अन्नफलाउँछन्
अनि, पसिना सिंचेर माटो भिजाउँछन्
यहाँका किसानको श्रम देखेर स्वर्ग ओर्लन्छ
आनन्द बर्सन्छ
हो साँच्चै नेपालमा स्वर्ग ओर्लन्छ
नेपालमा स्वर्ग ओर्लन्छ ।
२०४६ । २ । १२ मकालु –७ मुलगाउँ
