Skip to content

संबिधान लेखनलाई धकेल्ने

  • by


संबिधान लेखनलाई धकेल्ने, तारिख कहिलेसम्म
सधै जनताको शासन नचल्ने, आखिर कहिलेसम्म

धरापमा संबिधान, गणतन्त्र गुम्ने खतरा बढ्दै छ
मतभेदले जनतालाई छल्ने, आखिर कहिलेसम्म

करोडौ नेपालीको बलिदानले, गणतन्त्र घोषणा भयो
संस्थागत नहुदै सरकार ढल्ने, आखिर कहिलेसम्म

संबिधानसभा भंग भएपछि, निराशावादी छन् जनता
लालचले जहिल्यै मिति बिथोल्ने,आखिर कहिलेसम्म

देशलाई निकाश दिन्छु भन्दै, अड्डी कस्ने राजनीतिज्ञ
नया कुरा गर्दै विचार बदल्ने, आखिर कहिलेसम्म

दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *