Skip to content


भोक र गरिवीमा पिल्सएका यो मनहरू
काहा तिमी जस्तो भाषा बोल्न र सुन्न सकिन्छ
मलाई त केवल यो तनलाई बाच्ने केही अन्न देऊ
शरीर ढाकने सानो झुपडो देऊ
हो मलाई तिम्रो राज्यको पद बारेमा थाहा छैन
मलाई तिम्रो राज्यको नीतिबारे बोध छैन

मलाई केवल बोध छ त
मेरो जीवनको गरिवी बारे
कैयौ दिन भोक बसिएको दिन र रात बारे
बोध छ त त्यो भोको बसेको रातको वारे
हो मलाई मेरो लालाबालाले पेट भरि खाना माग्ने दिन बारे
जब दिन नसक्दा ओछयान मल्टि निदाएको नाटक गरिएको बा

म तिमी जस्तो फुर्सदिला पनि होइन
म तिमी जस्तो अल्छि पनि होइन
दिनभरि अरुको घरमा मिहनेत गरेकै छु
पसिना र मिहनेतले पनि नपुग्ने पेट पनि मेरो होइन
केवल पाच परिवार छ
फेरि पनि त्यो पाच परिवारलाई
भोक र गरिवीले सताइरहेको छ
म परेसान र निरास भइसकेको छु
जीउन पनि मुस्किल भइसकेको छु

दशै तिहारमा पनि एक सरो लुगा दिन नसक्ने श्रीमान भएकोछु
विद्यालयको आग्न देखाउन नसकिने सैतान वुवा भएको छु
विडम्वन मलाई यो भोक र गरिवीले
कहिलेसम्म लखेटदै जाने हो
मेरो विवेक पनि अब गुम्दै गएको छ
भोको दिन र रातले ज्ञानको कुरा रटि राख्न सकिदैन
हो मलाई अरु केहीको लोभ र लालच पनि छैन
केबल यो मानवीय भोक र समाजिक गरिवीबाट छुटन चाहन्छु

निद्रा नआउने भोको दिन र रातले
अरु केही सोचन फुर्सद दिदैन
म तिम्रो केही पनि बुझन सक्दिन
मैले तिम्रो सत्य र असत्य पनि अहिले छुटाउन सक्दिन
केवल मेरो भोक नै मेरो शत्रु र मित्र बनेको छ
मेरो प्रमुख विरामी भोक बनेको छ
हो तिमीसँग उपचार भए मेरो भोकलाई हटाउ
अनि तिम्रा सत्य बचन र राज्यको नीति सुनाउ
पहिला मेरो मानवीय नीतिलाई सम्झ
मेरो अन्त वेदनालाई सम्झन
मेरो कैयौ रात भोका भएको अवस्थालाई बुझ
तिम्रो राजनीतिलाई पछि समझाला
तिम्रो पद पछि ग्रहण गरौला
दुख्न नमान तिमी मेरो बाध्यता यही हो

हो तिमीले मलाई भन्छौ होला
भोको पेट जनावरले पाल्छ
तर तिमी पनि भोकको लागि मर्छाै
तिम्रो सत्य बचन होला
जनवारको मिहनेतलाई यो समाजिक शोषण छैन
तर मेरो मिहनेतमा समाजिक शोषण छ
मलाई समाजिक विभेदहरूले बाधिदिएको छ
मेरो मिहनेतबाट अरुले फाईदा लिएको छ
उनीहरूले आफ्ना सन्तान र आफूमा प्रयोग गरिहरेको छ
अनि मेरो विवशतालाई गरिवीको खोलमा राखिएको छ
हिन्ता र दयाबाट हामीलाई पालेको छ
जनावरलाई माया गरेर दिने यो समाज
हामीलाई घृणा र धिक्कारबाट दिएको छ
अनि किन तुलना गर्छै
भो तिम्रा सत्य बचनहरू भोको पेटले सुन्न सक्दिन
तिम्रो ठुला र राम्रा पदवी म राख्दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *