Skip to content


सबैभन्दा प्यारो, भन त यसको स्वार्थ छ कहाँ ?
दबिन्दैनन् कैल्यै, पयर मुनि कुर्सी किन यहाँ ?
दवाएरै राख्छौ ? फगत किन कुर्सी ? अझ तिमी
नफाब्ने भो ऐले, नगर यसको रक्षण पनि ।।१।।

थियो पैले कुर्सी, अलमल सबै पार्न सकिने
बनायो है यस्ले, सबल कतिको छाक टरने
नशा झैं यो पैले, अब त किन भुल्थें र यसरी ?
गिरायो है यस्ले, अझ किन फुटायो अघिसरी ? ।।२।।

भरेका छन् खल्ती, अनि त यसको आसन दरो
नगर्नु है कैल्यै, सनक चढने सासन खरो
ठटायो मज्जैले, किन त कसको इज्जत गयो ?
नसर्दा के हुन्थ्यो ? निरिह किन कुर्सी अघि सरो ?।।३।।

म जान्ने मै बाठो, अरु अरु सबै निम्न स्तरका
म चैं मान्ने सब्को, तर अरुहरु हुन् सब फिका
कयौं निर्धा ठग्ने, खुब असल पासो अधि थियो
कसो गर्दा ऐले, जटिल गलपासो हुन गयो ।।४।।

नसोचेको कैल्यै, किन र कसरी यो बदलियो ?
म पाल्ने यै पंछी, तर किन यसैले ठुगिदियो ?
थियो कुर्सी पैले, असल कति हो अमृत खुदो
भयो कुर्सी भित्रै, सबल धनको खाडल ठुलो ।।५।।

कसैले सोचेनन्, फगत यसको मन्त्र छ कहाँ ?
न पत्तो नै पाए, कतिछ यसको ताकत यहाँ
कठै ! कुर्सी ऐले, भन त कसको दास बनियौ ?
हरे ! कुर्सी मेरा, किन अब यहाँ दुस्मन भयौ ? ।।६।।

छन्द :- शिखरिणी
गण:- य म न स भ ल गु

Leave a Reply

Your email address will not be published. Required fields are marked *