दमनको अभ्यास थाल्न नखोज
महिलाको आवाज गाल्न नखोज
पुरा गर माग घरबार बिहीन कमलरीहरूको
लाठी र बुटले ढाल्न नखोज
दमनको प्रतिरोध गर्न अभ्यस्त छन् जनता
मुर्खतापूर्ण कदम चाल्न नखोज
रोक्न सक्दैनौ अग्रगामी पाइलाहरूलाई
प्रतिगमनको सोच पाल्न नखोज
दलहरूको अकर्मण्ड्यताले सत्ता पाएँ भन्दैमा
राजनितिका मूल्य र मान्यता फाल्न नखोज
