Skip to content


प्रतीक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ
कहिले हसाँउछ कहिले रुवाउँछ
आँसु र हाँसोको संगम पनि गराउँछ

पर्खन्छन् कति आत्माहरु मायाको धुनी बालेर
झस्कन्छन् कति सपनासँग विपना हो कि भनेर
धैर्य गर मेरी प्रेयसी
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ

उर्लन्छन् कति खोलाहरु फर्कने आशा लिएर
तर्सन्छन् कति प्रेमीसँग धोका हो कि भनेर
केही त बोल मेरी जिन्दगी
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ
कहिले हसाँउछ कहिले रुवाउँछ
आँसु र हाँसोको संगम पनि गराउँछ

शब्द – राजेन्द्र रिजाल
स्वर – दीपक खरेल
संगीत – सम्भुजित बासकोटा
एल्बम – पूर्णिमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *